विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे पक्राउ

उनको पक्राउ माग गर्ने २८ गिरफ्तार
नमुनापत्र संवाददाता
१७ श्रावण २०८०, बुधबार १६:३७

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको डिएसपी अनिल अधिकारीले जानकारी दिए।

उनको बयान भइरहेको प्रहरीले जनाएको छ।

उनले मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएको आरोप छ। अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको डिएसपी अधिकारीले बताए।

बुधबार नै उनलाई पक्राउ गर्नुपर्ने माग राख्दै परिसर अगाडि नेपाल मगर संघ र नेपाल तामाङ संघले प्रदर्शन गरेको थियो।

प्रदर्शन एवं प्रहरीमाथि ढुंगामुढा गर्ने २८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालय घेराउ गर्न पुगेका तामाङ कलाकारसहितका २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अधिवक्ता पाण्डेले एक टीभी कार्यक्रममा अन्तर्वार्ताको क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् । उनको त्यो अभिव्यक्तिविरुद्ध उनीहरू प्रदर्शन गर्दै टेकु पुगेका थिए ।

झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*