माओवादीमा उपाध्यक्षहरुलाई ३२ विभाग, महासचिव र उपलाई जनसंगठन र सचिवहरुलाई प्रदेशको जिम्मेवारी

नमुनापत्र संवाददाता
१७ श्रावण २०८०, बुधबार १६:४५

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन गर्ने भएको छ । बुधबारबाट काठमाडौँमा सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक सांगठानिक प्रतिवेदनमा केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन प्रस्ताव गरिएको हो ।

‘पार्टी केन्द्रीय अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको कार्यविभाजनको मोडालिटि प्रस्तावमा छ’, नेता गणेश साहले भने, ‘पार्टी अध्यक्षले समग्र पार्टीको हेण्डलिङ गर्ने भनिएको छ ।’

त्यस्तै उपाध्यक्षलाई ३२ विभागको जिम्मेवारी दिने, महासचिव र उपमहासचिवलाई जनवर्गीय संगठनको जिम्मेवारी र सचिवहरुलाई प्रदेशको समन्वय गर्नेगरी जिम्मेवारी तोकिने भएको छ ।

केन्द्रीय सदस्यहरुलाई केन्द्रदेखि वडातहसम्म समन्वय गर्ने र पार्टी संगठन सुदृढ गर्ने गरी जिम्मेवारी तोकिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*