काण्ड आएपछि तीन नेता छलफल गर्छन्, के निर्णय हुन्छ केही थाहा छैन : शेखर कोइराला

नमुनापत्र संवाददाता
१८ श्रावण २०८०, बिहीबार १३:४१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले राजनीतिक रुपमा केही घटना हुनासाथ शीर्ष तीन नेता बसेर छलफल गर्ने तर निर्णय सार्वजनिक नगर्ने गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजिक एक कार्यक्रममा बोल्दै कोइरालाले केही घटना हुनासाथ प्रधानमन्त्री, कांग्रेस सभापति र नेकपा ९एमाले० अध्यक्षबीच छलफल हुने र भएका निर्णय सार्वजनिक नगर्ने उनले आरोप लगाए ।

“कुनै घटना आउँछ, शीर्ष तीन नेता बसेर छलफल गर्छन्,” उनले भने, “के गर्छन् थाहा छैन । सिरियस हेर्नुहोस्, यो कुरा उजागर गर्न सके राइट डिरेक्सनमा जान्छ ।”

कोइरालाले प्रतिपक्षले संसद्मा गरेको अवरोधले राष्ट्रलाई घाटा भएको बताए । उनले सत्तापक्ष र प्रतिपक्ष दुवैले सदनमा बोल्नुपर्ने भन्दै यसविषयमा एमालेले बुझ्न जरुरी रहेको बताए ।

“संसद् चलेको छ, एमालेले अवरोध गरेको छ । जति बोल्नु संसद्मा बोल्नु नि । नयाँ कुरा भए एक्सपोज गर्नु,” उनले भने, “सत्ताले पनि बोल्छ । संसद् अवरूद्ध गरेर नेसनलाई कति लस भएको छ, एमालेले बुझ्न जरूरी छ । हामीले पनि बुझ्नु जरूरी छ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*