ललिता जग्गा प्रकरण : समरजंग कम्पनीका प्रमुख पोखरेल सहित २ जना छुटे

नमुनापत्र संवाददाता
१८ श्रावण २०८०, बिहीबार १७:३६

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई छाडिएको हो।

पोखरेलको स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौंले हाजिर जमानीमा छाड्न आदेश दिएको सीआईबी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए।

खेतानले भने आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको हो।

‘उनको नाममा रहेको करिब ७ आना जग्गा फिर्ता गर्छौं भनेपछि छाडिएको हो,’ प्रवक्ता आचार्यले भने।

दुई जना छुटेसँगै अब सीआईबीको हिरासतमा २० जना बाँकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*