स्थानीयद्वारा वडा कार्यालय घेराउ पश्चात् वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी
बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नं ७ का स्थानीयले वडा कार्यालय घेराउ गर्नुका साथै वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् । पटक पटक पानी निकासको अनुरोध गर्दा पनि स्थानीय सरकारले बेवास्ता गरेका कारण उनीहरुले आफूहरुको धानवाली डुबानमा परेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
१०÷१२ वर्ष अघिबाट चलन चल्तिको झरन (नाला) प्रधानमंत्री स्वरोजगार कार्यक्रम मार्फत बन्द गरीएको स्थानीयको आरोप छ । अहिले उक्त क्षेत्रमा रोपाई गरेको २ सय बिगाह बढी धानवाली डुबानमा परेको छ ।
बर्षायाममा डुवान पर्ने भन्दै यस अघि समस्या समाधानकालागी न्यायीक समितीमा उजुरी दिँदा समेत कुनै सुनुवाई नभएको स्थानीय नरजंग शाहीले बताए। वडा अध्यक्षले समस्या समाधान गर्छू भने आस्वासन मात्रै दिएको र कुनै पहल नगरेकाले आफुहरु बाध्य भएर वडा कार्यलय घेराउ गर्न आएको शाहीले बताए।
आफुहरुको माग सुनुवाइ नभए चरणबद्द आन्दोलन गर्ने स्थानिय सुरेन्द्र चौधरीले चेतावनी दिएका छन् । स्थानियहरुले वडा कार्यलय घेराउ गरेपनी वडा अध्यक्षले आफु वडा कार्यलय आउन नसक्ने भन्दै पन्छीएको आरोप लगाएका छन् ।
यता वडा नं ७ का वडा अध्यक्ष रामु थारुले न्यायिक समितिले समस्या समाधान गर्ने भनेर खवर आएको र न्यायिक समितिमार्फत् उक्त समस्या समाधान गरिने बताए।





