६ राजदूत संसदीय सुनुवाई समितिबाट अनुमोदित

नमुनापत्र संवाददाता
१८ श्रावण २०८०, बिहीबार १८:१३

काठमाडौं । सरकारले नियुक्त गरेका ६ राजदूत संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका छन्।

दुई दिनसम्म चलेको संसदीय सुनुवाई समितिको छलफलपछि ६ राजदूतहरूलाई सर्वसम्मत अनुमोदित गरेको हो।

अनुमोदित हुनेमा अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री रहेका छन्।

यस्तै, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराई रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*