विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सिफारिस

अन्य ४ निकायमा पनि नियुक्ति शुरु
नमुनापत्र संवाददाता
१८ श्रावण २०८०, बिहीबार २१:४०

काठमाडौं । संवैधानिक परिषद्को बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।

बिहीबार साँझ बसेको बैठकले उनको नाम सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए।

गत असार १ गते नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ।

अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान अनुसार उनको नाम सिफारिस भएको हो।

महालेखा परीक्षकसहित ४ वटा निकायका सदस्य नियुक्ति प्रक्रिया पनि शुरु

सरकारले महालेखा परीक्षकसहित ४ वटा संवैधानिक निकायमा नियुक्ति प्रक्रिया अगाडि बढाएको छ।

महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तिय आयोगका सदस्य र मुस्लिम आयोगका सदस्य नियुक्तिका लागि १५ दिनको समय दिएर सूचना निकाल्ने निर्णय संवैधानिक परिषद्को बैठकले गरेको छ।

विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको बैठकले यी चारै निकायमा नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

यी निकायहरूमध्ये कम्तिमा एकजना महिला नियुक्त गर्ने सहमति पनि संवैधानिक परिषद्को बैठकमा भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*