सामाखुशीको खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि फेला

नमुनापत्र संवाददाता
१८ श्रावण २०८०, बिहीबार २१:५१

काठमाडौं । काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव ११ दिनपछि फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार १३ वर्षीय बालक विधान आलेमगर (साजन)को शव ११ दिनपछि दक्षिणकालीको बागमती नदीको किनारमा भेटिएको हो।

बाढी आएको खोलामा खसेर बेपत्ता भएपछि प्रहरीले उनको खोजी कार्य तीव्र रुपमा अघि बढाएको थियो । तर, प्रहरीले उनको शव फेला पार्न सकेको थिएन । खोलामा खसेर बेपत्ता भएको ११ दिनपछि त्यहाँका स्थानीय वासिन्दाले उनको शव भेट्टाएका थिए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*