साउदीबाट दुवै मिर्गौला फेल भएका एक नेपाली स्वदेश फर्किए

नमुनापत्र संवाददाता
१९ श्रावण २०८०, शुक्रबार ०९:४८

दोहा । साउदी अरबबाट दुवै मिर्गौला फेल भएका एक नेपाली स्वदेश फर्किएका छन् । रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहेको अवस्थामा दुवै मिर्गौला फेल भएका सर्लाहीका शिव चरण साफी नेपाल फर्किएका हुन् ।

साफी बिरामी भएपछि साउदीको एक अस्पतालमा परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएपछि तत्काल नेपाल जान उनको पासपोर्टको म्याद सकिएको र रियादस्थित नेपाली दूतावासको समन्वयमा ट्राभल डकुमेन्ट बनाएर नेपाल पठाइएको नेपाली साझा मञ्च साउदीका महासचिव राजु केसीले जानकारी दिए ।

महासचिव केसीका अनुसार उनी बिरामी बारे जानकारी प्राप्त भएपछि साझा मञ्चले भेट गरी उनको अवस्था चासो लिएको बताए । उनलाई विमानस्थल सम्म छोड्न कम्पनीले गाडी उपलब्ध नगराएपछि आफू, बुद्धि तामाङ र खड्ग तामाङ लगायत साथीहरूले विमानस्थल पुर्‍याई नेपाली साथीको साथमा स्वदेश पठाइएको केसीले बताए ।

उनी कार्यरत पान्डा कम्पनीका खड्ग तामाङ वाइवा तथा अन्य साथीहरूले उनको उपचारमा आर्थिक सहयोग संकलन गरिरहेको हाम्रो संस्थाले पनि केही आर्थिक सहयोग गरेका गरेको उनले बताए ।

रोजगारी सिलसिलामा दुवै मिर्गौला फेल भई फर्कनु पर्दा उनलाई उपचार कसरी गर्ने र परिवार कसरी पाल्ने? भन्ने चिन्ता रहेको छ। यस्तो अवस्था रहेको साफी र उनी जस्ता बिरामीलाई बिमा मार्फत उपचार गर्न नेपाली साझा मञ्च साउदी सम्बद्ध निकाय र नेपाल सरकार सँग जोडदार माग पनि गरेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गएका धेरै कामदारले यस्तै समस्या भोग्ने गरेका छन्। मिर्गौलाको उपचारमा संलग्न चिकित्सकहरूको अनुसार, वैदेशिक रोजगारीको क्रममा मिर्गौलामा खराबी आएर फर्किनेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ।

धन कमाउन वैदेशिक रोजगारीमा गएका युवा मिर्गौला गुमाएर घर फर्किँदा शारीरिक र मानसिक क्षति त भइरहेको छ नै, उपचारमा ठूलो रकम खर्च हुँदा परिवार नै समस्यामा परिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*