सालको काठसहित एक जना पक्राउ

नमुनापत्र संवाददाता
१९ श्रावण २०८०, शुक्रबार १०:०४

धनगढी । कैलालीमा सालको काठसहित एक जना अटो चालक पक्राउ परेका छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउन्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन्।

मल्ले चलाएको से.१ स.३६६० नम्बरको अटोमा ५ फिट लम्बाई भएको १९ थान सालको जस्तो देखिने कडी प्रहरीले फेला पारेको हो।

काठ र अटोसहित मल्ललाई नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला वन कार्यालमा बुझाएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*