सामाखुसी खोलामाथिको ढलान धमाधम भत्काउँदै महानगर

नमुनापत्र संवाददाता
१९ श्रावण २०८०, शुक्रबार १४:२९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको ढलान भत्काउने कार्यलाई तीव्रता दिएको छ ।

सामाखुसी खोला नै छोपिने गरी ढलान राख्दा दुर्घटनाको जोखिम बढेको र दुर्घटना भइहाले उद्धारमा समस्या हुने भन्दै महानगरले ढलान भत्काउने कामलाई तीव्रता दिएको हो ।

खोलामाथि ढलान बनाउन नपाउने भएपनि स्थानीयले मापदण्डविपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ । महानगरले सामाखुसी, रानीबारी लगायतका क्षेत्रको सवै ढलान हटाउने जनाएको छ ।

केही दिनअघि सामाखुसीमा एक बालक खसेर बेपत्ता भएपछि खोलामाथि रहेको ढलान–स्ल्याबका कारण उद्धारमा समस्या भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*