कैदी बन्दीको सरुवाको विषयमा झापा कारागारमा झडप, झडपकै कारण आगलागी !

नमुनापत्र संवाददाता
१९ श्रावण २०८०, शुक्रबार १८:२०

विराटनगर । झापा कारागार भित्र कैदीको सरुवाको विषयमा झडप भएको छ ।

झडपकै क्रममा कारागार भित्र आगलागी पनि भएको छ । कैदीबन्दीले नै आगो लगाएको प्रहरीको दाबी छ ।

आगो नियन्त्रणमा लिनका लागि दकमलसहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको घटनास्थलमा रहेका एक सुरक्षाकर्मीले बताए ।

कैदीबन्दीको सरुवाको विषयमा विवाद बढेपछि झडप भएको बताइए पनि विस्तृत विवरण आउन बांकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*