श्रमजीवी पत्रकारको अधिकार सुनिश्चितता माग गर्दै सूचना विभागमा धर्ना

नमुनापत्र संवाददाता
१९ श्रावण २०८०, शुक्रबार १८:२७

काठमाडाैँ । श्रमजीवि पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना दिइएको छ ।

शुक्रवार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवि पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका हुन् ।

महासंघको तर्फबाट बुझाइएको ज्ञापन पत्र ग्रहण गर्दै सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपालले विभागमा आएका उजुरीहरुलाई कार्यविधिले तोकेअनुसार फछ्र्यौट गर्दै आएको बताए । उनले प्रेस रजिस्टारको भूमिका तोकिएजति निर्वाह गरेको पनि दाबी गरे । उनले श्रमजीवि पत्रकारको हक हितको बारेमा छलफल अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

‘हामीकहाँ आएको जति पनि उजुरी छन्, यसलाई कार्यविधि तोकेअनुसार समयमा नै फछ्र्यौट गर्ने गरेका छौँ,’ उनले भने, ‘हामीलाई दिएको अधिकार वार्ता, मध्यस्थता र मेलमिलाप दिएको छ । प्रेस रजिस्टारको भुमिका तोकिएजति निर्वाह गरेका छौँ । श्रमजीवि पत्रकारको हक हीतको बारेमा छलफल व्यापक बनाउनु पर्छ ।’

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताए । उनले त्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो कि भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यावसायिक विकासमा जोड दिनुपर्ने बताए ।

उनले भने, ‘सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति छ, त्यसैले हामीले सडकबाट नै सामुहिक रुपमा दबाब दिएर हाम्रो आवाज सरोकारवालासम्म पु¥याउन आएका हौँ । पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो की जसरी भाष्य स्थापना गरिँदैछ, यो दुःखद् छ । नयाँ पुस्तालार्ई आकर्षित गर्न यसरी सम्भव छैन । पत्रकारिता क्षेत्रको गुणस्तरियता, व्यसायिक विकासको कुरा छ, श्रम शोषणको क्षेत्र हो भन्ने भाष्य स्थापना गर्दैगर्दा श्रमको मुद्दा पेचिलो बनाएर लैजाने र श्रममा पत्रकारिताको सम्मान हुनेगरी लैजाने प्रयत्न गरिरहेका छौँ । यो कार्यालयले जुन भुमिका निर्वाह गर्दैगर्दा श्रमजीवि पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भुमिका निर्वाह हुन सकिरहेको छैन । स्वतन्त्र र छुट्टै प्रेस रजिस्टारको व्यवस्था हुनुपर्छ । श्रमजीवि पत्रकारले तलव पाउन अदालत जानुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।’

प्रदर्शनकारीहरुले प्रेस रजिस्टारले समेत श्रमजीवि पत्रकारको हकहीतमा काम नगरेको बताए । उनीहरुले पत्रकारको श्रम अधिकारको सम्मान गर, अविलम्व प्रेस रजिस्टार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाइ प्रदर्शन गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*