धनगढीबाट चितुवाको छालासहित २ जना पक्राउ

नमुनापत्र संवाददाता
१९ श्रावण २०८०, शुक्रबार १८:३३

कैलाली । कैलालीको धनगढीबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छन् । धनगढीको बोराडाँडी स्थित न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट एक थान चितुवाको छालासहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १२ का गोविन्द भट्टराई र कञ्चनपुरको बेदकोट नगरपालिका–७ का बामदेव जोशी रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*