ढुंगा लागेर बैतडीमा एक बालकको मृत्यु

नमुनापत्र संवाददाता
२० श्रावण २०८०, शनिबार १७:४७

धनगढी– बैतडीमा सडकमाथिबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ। सिगास गाउँपालिका ४ रक्सौनका ९ वर्षीय रेशम विकको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो।

देउलेक–कान्धार सडक अन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर विकको मृत्यु भएको प्रहरीको भनाइ छ। सडक तलतिर बालबालिका खेलीरहेको अवस्थामा कच्ची सडकमाथिबाट एक्कासि ढुंगा खसेको थियो। शुक्रबार दिउँसो बालबालिकाहरू खेलीरहेको अवस्थामा खसेको ढुंगा लागेर रेशमको घटनास्थलमै मृत्यु भएको हो।

जनाधार आधारभूत विद्यालयमा कक्षा १ मा पढ्ने रेशम कलिलै उमेरमा अस्ताएपछि अहिले परिवार शोकमा छ। घरमा उनकी आमा मात्रै रहेको बताइएको छ। रेशमका बुवा दिपक लुहार रोजगारीको सिलसिलामा भारतमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*