विशेष प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी भारतमा

नमुनापत्र संवाददाता
२० श्रावण २०८०, शनिबार १८:४२

काठमाडौँ । विशेष प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टोलीका ६ जना खेलाडी भारत गएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले एक महिना लामो विशेष प्रशिक्षणका लागि ६ खेलाडीलाई भारतको राजधानी दिल्ली पठाएको हो ।

क्यानले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ६ खेलाडीलाई दिल्ली पठाएको उल्लेख गरेको छ ।

दिल्ली गएका खेलाडीमा कमलसिंह ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बम रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*