प्रधानमन्त्रीद्वारा केदारनाथमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त

नमुनापत्र संवाददाता
२० श्रावण २०८०, शनिबार २१:४४

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरामा परी मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन् । “गौरीकुण्डमा पहिरामा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु । यस दुःखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उनले भने, “बेपत्ता नागरिकको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*