महाकाली नदीले सतर्कता तह पार गर्यो, डडेलधुरा र कञ्चनपुरका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

नमुनापत्र संवाददाता
२१ श्रावण २०८०, आईतवार १५:४५

काठमाडौ । महाकाली नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको छ र पानीको सतह अझै बढिरहेको छ ।डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, भोलि र पर्सि पनि विभिन्न ठाउँका नदी तथा खोलामा बाढी आउने सम्भावना रहेकाले सचेत रहन महाशाखाको आग्रह छ ।मौसमविद्ले आज, भोलि र पर्सि तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरेका छन् । केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा उत्तरतिर रहेको र बिस्तारै नेपाल नजिक आउने क्रम चलिरहेकाले अबको तीन दिन देशभर पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*