माओवादीको ५ दिने बैठक सम्पन्न

तीन महिने अभियानका समयमा देशभरका सबै घर कुरिया नेताहरु पुग्ने
नमुनापत्र संवाददाता
२१ श्रावण २०८०, आईतवार १६:४७

काठमाडौं । माओवादीको ५ दिनसम्म चलेको केन्द्रीय ससमितिको बैठक सम्पन्न भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने बताएका छन् ।

पार्टी केन्द्रीय समिति बैठकको समापन गर्दै अभियानलाई लिएर सातवटा प्रदेशको ७ वटा वडामा आफू पनि पुग्ने बताए । जनताको एउटा घर पनि नछाडि जनताको गुनासो र आलोचना सुन्ने, सहिद परिवारको आफन्तलाई भेट्ने तीन महिले अभियान टुंग्याएर विधान सम्मेलनामा पुग्ने उनले उद्घोष गरे ।

यस्तै, माओवादीले आइटी फोरम नेपाल’ सञ्चालन गर्न निर्णय पनि गरेको छ ।
प्रचण्डले विश्व कम्युनिस्ट आन्दोलन शास्त्रीय कम्युनिस्टहरूको जस्तो तरिकाबाट अघि बढ्न नसकेको बताएका छन्।

आइतबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अहिलेको कम्युनिस्ट आन्दोलन माक्र्स एंगेल्सको पालामा जस्तो नभएको दाबी गरे।

‘अध्यक्षले अहिले विश्व कम्युनिस्ट आन्दोलन अहिले मार्क्स एंगेल्सको पालाको जस्तो छैन। त्यतिबेला जस्तो ध्रुवीकरण हुने बेला छैन,’ बैठकमा अध्यक्ष प्रचण्डले राखेको भनाई उदृत गर्दै एक सदस्यले नेपालखबरसँग भने, ‘अहिले ग्लोबलाइजेसनको जमान छ, सूचना प्रविधिको चरम विकास भएको अवस्था छ। यो बेलामा माक्र्सवादको चरम खोजी हामीले गरिरहेका छौं। पुरानो तरिकाले त्यो भेटिन्नँ।’

साथै, उनले मोहन वैद्य र डा. बाबुराम भट्टराईले लिएको बाटोभन्दा तुलनात्मक रुपमा आफूहरूको बाटो उत्कृष्ट भएको बैठकमा बताए।

‘पुरानै तरिकाले, शास्त्रीय कम्युनिस्टको तरिकाले त्यो भेटिन्नँ। वैद्यजीले जसरी पुरानै कुरा उठाइराख्नुभएको छ त्यसरी पनि भएन,’ उनले भने, ‘कम्युनिस्टको काम छैन भनेर हिँडेका बाबुराम पनि सफल हुनुभएन। त्यसकारण जे हामीले गरिराखेका छौं त्यो तुलनात्मक रुपमा ठिक छ र त्यसैलाई रुपान्तरणसहित अघि बढ्नुपर्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*