गृह मन्त्रालयले पठायो जाजरकोट र अछाममा नयाँ सीडीओ

नमुनापत्र संवाददाता
२२ श्रावण २०८०, सोमबार १६:३५

काठमाडौँ । गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी(सीडीओ) पठाएको छ। जाजरकोटको रिक्त प्रजिअमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् भने अछाममा मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव शरदकुमार पोखरेललाई पठाइएकाे छ ।

छामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेकाले उनकाे स्थानमा पाेखरेललाई पठाइएकाे हाे । सुनारले पनि यसअघि मोरङ र बाँकेमा सहायक प्रजिअका रूपमा काम गरेको अनुभव छ। उनी डोल्पा र बझङमा प्रजिअ भइसकेका छन्।

पोखरेलसँग मुगु र दार्चुलाको प्रजिअ भइसकेको अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत भइसकेका छन् । उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअको रुपमा जिम्मेवारी पूरा गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*