मकवानपुरमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु, ६ बेपत्ता

नमुनापत्र संवाददाता
२३ श्रावण २०८०, मंगलवार ०९:२५

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ । घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*