एमाले केन्द्रीय कार्यालयमा पस्यो मनोहराको बाढी

नमुनापत्र संवाददाता
२३ श्रावण २०८०, मंगलवार ११:२०

काठमाडौं । ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा बाढी पसेको छ।काठमाडौंको पूर्वी भेग भएर आउने मनोहरा नदीको जल सतह बढ्दा मंगलबार बिहान पार्टी कार्यालय डुबानमा परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए।

च्यासल जोड्ने पुलमुनिबाट पानी पास हुन नसक्दा ठोक्किएर पार्टी कार्यालयतिर फर्किएको र कम्पाउन्ड डुबेको उनको भनाइ छ। ‘पुलमुनिबाट पानी पास हुन नसक्दा फर्कियो। अहिले कम्पाउन्ड पूरै डुबेको छ। अरू क्षति छैन,’ उनले भने।एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घर भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिरहेको छ।

सरकारले च्यासलको जग्गा तुलसीलाल स्मृति प्रतिष्ठानलाई भोगाधिकार दिएको छ।नदी किनार त्यो पनि होचो स्थानमा भएकाले त्यो ठाउँ जहिल्यै डुबानको चपेटामा पर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*