कलुवापुर बजार जलमग्न, व्यापार बन्द !

नमुनापत्र संवाददाता
२३ श्रावण २०८०, मंगलवार १३:३८

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ को पुर्व पश्चिम राजमार्गमा पर्ने कलुवापुर बजार जलमग्न भएको छ ।

भैतिक पुर्वधारले बनाइ रहेको बेलौरी कलुवापुर सडकखण्डको बाटोमा भएका कलबर्ट नाली पुरीदा बजार पुरै जलमग्न भएको हो ।

कलुवापुर बजार जलमग्न भएसगै बजारको व्यपार बन्द भएको छ भने व्यपारी तनाव भएका छन् ।

व्यपारी हरुले पसलको समान खाट माथी राखी व्यपार गरी राखेका छन । आफुहरु पटक पटक स्थानिय सरकार र सडक विभागलाइ भनेपनि कसैले पनि यसबारे ध्यान नदिएको ब्यपारीको भनाइ छ ।

शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ हाल भएको परराष्ट्र मन्त्री नारायण प्रसाद साउद (एन.पी साउद)को निर्वाचित क्षेत्र हो ।
कञ्चनपुरले एउटा मात्रै मन्त्री पाएको मन्त्रीको नै क्षेत्र बेहाल भएको स्थानिय व्यपारीले बताउनु भयो ।

पुर्व पश्चिम राजमार्ग देखि दक्षणी क्षेत्र जाने मुख्य बजार नै डुबानमा परेकोले बजार आवत जावत गर्ने स्थानियले पनि सास्ती भोग्नु परेको छ ।
स्थानिय व्यपारी र पुर्व पश्चिम राजमार्गमा आवत जावत गर्ने यात्रु हरुको लागि बनाएको सार्वजनिक शौचालयमा समेत पानि भरीपछि बजारमा फोहोर भरीदै गइरहेको छ ।

केहि दिन अगाडी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पानी निकासको लागि सर्वदलिय बैठक बसेर सडक डिभिजन कार्यालयले सिमांकन गर्ने, पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्ने र नगरपालिकाले सडक क्षेत्र खाली गराउने निर्णय भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*