कपिलवस्तुमा बसको ठक्करबाट १० गाई गोरु मरे

नमुनापत्र संवाददाता
२३ श्रावण २०८०, मंगलवार १७:५०

कृष्णनगर । कपिलवस्तुमा गएराति बसको ठक्करबाट १० गाई, गोरु मरेका छन् । जिल्लाको वाणगङ्गा नगरपालिका र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्रमा पर्ने खारखानीमा बसको ठक्करबाट उक्त सङ्ख्यामा गाई गोरु मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं बाट दाङ तुल्सीपुर जाँदै गरेको बसको ठक्करबाट पाँच गाई र पाँच गोरु मरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए। बसको ठक्करबाट चार वटा पशु चौपाया घाइते भएको प्रहरी निरीक्षक शाहीले बताए।

गाईगोरुलाई ठक्कर दिने बस इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा रहेको छ । गएराति अध्यधिक पानी परेको र तीव्र गतिका कारणबीच गाईगोरु ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइते पशुको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सकले उपचार गरी जङ्गलतिर लागेको र अन्यको पोष्टमार्टम गरी गाडीएको गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*