४७ दूरसञ्चार कम्पनीले रोयल्टी र ग्रामीण विकास कोषमा रकम जम्मा गरेनन्

नमुनापत्र संवाददाता
२५ श्रावण २०८०, बिहीबार १५:५२

काठमाडौं । ४७ वटा दूरसञ्चार कम्पनीले रोयल्टी र ग्रामीण विकास कोषमा रकम जम्मा गरेका छैनन्।

दूरसञ्चार सेवा प्रदायकले आर्थिक वर्ष २०७९र७९ मा आर्जन गरेको कुल आम्दानीको ४ प्रतिशत र ग्रामिण विकास कोषमा २ प्रतिशत रकम जम्मा नगरेका हुन्।

रोयल्टी रकम र ग्रामीण दूरसञ्चार विकास कोषमा राष्ट्रिय सञ्जाल भएका सेवा प्रदायक र क्षेत्रीय सेवा प्रदायकले तिरेका छैनन्।

आर्थिक वर्ष वित्तीय विवरणसहित २०७९ पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा पटक पटक ताकेता गर्दा समेत नगरेको दूरसञ्चार प्राधिकरणले जनाएको छ।

‘बक्यौता रकम २०८० साउन मसान्तभित्रमा सेवा प्रदायकको नाम र आर्थिक वर्ष समेत स्पष्ट खुल्नेगरी तोकिएको बैंक खातामा थप दस्तुर सहित दाखिला गरी त्यसको सक्कल भौचर संलग्न गरी पेश गर्नू,’ प्राधिकरणले भनेको छ।

निर्धारित समयभित्र रकम दाखिला नगरेमा नियमानुसार कारबाही अगाडि बढाइने प्राधिकरणले जनाएको छ।

क्लासिटेक प्रालि, सुविसु केवल नेट, मर्केन्टाइल कम्युनिकसेन, म्याक्स नेट सोलुसन, ब्रोडलिंक नेटवर्कसहित ४७ दूरसञ्चार सेवा प्रदायकले रोयल्टी र ग्रामीण कोष तिरेका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*