यातायात व्यवस्था विभागअगाडि ट्याक्सी तेर्स्याएर व्यवसायीले गरे विरोध

नमुनापत्र संवाददाता
२५ श्रावण २०८०, बिहीबार १६:०१

काठमाडौं । विभिन्न माग राख्दै ट्याक्सी व्यवसायीले काठमाडौंमा आन्दोलन गरेका छन्।

बिहीबार बिहान नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि सडकमा ट्याक्सी तेर्स्याएर व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले निजी गाडीलाई भाडाको काम गर्न दिन नहुने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने, काठमाडौं उपत्यकामा ट्याक्सी स्ट्यान्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्।

त्यस्तै, ट्याक्सी मिटर सिल चुँडिँदा गाडी साहु र चालक जेल जानु पर्ने कानुन खारेज गर्नुपर्ने, नेपालभरिका ट्याक्सी भाडादर एउटै कामय गरी अन्तर्राष्ट्रिय नीति लागु गर्नुपर्ने लगायतका ९ बुँदे माग राखेका छन्।

नयाँ बानेश्वरमा अहिले बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*