महिलालाई भिडियो कलमा अश्लील हर्कत गर्न बाध्य पारेर चरित्र हत्या गरेको आरोपमा पक्राउ

नमुनापत्र संवाददाता
२५ श्रावण २०८०, बिहीबार १६:२६

काठमाडौं । नेपाल प्रहरीको साइबर व्यूरोले सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा दैलेखको महाबु गाउँपालिका– २ का ३९ वर्षीय तुलाराम सारुलाई पक्राउ गरेको छ। पीडित महिलाको उजुरीका आधारमा यही साउन २३ गते बाँके प्रहरीको सहयोगमा तुलारामलाई पक्राउ गरिएको व्यूरोले जनाएको छ।

तुलारामले महिलालाई म्यासेन्जरमार्फत् भिडियोकल गरी अश्लील हर्कत गर्न बाध्य पारेका थिए। र, महिलाको उक्त अश्लील हर्कतको भिडियो रेकर्ड गरी ‘फेक’ एकाउन्टमार्फत् महिलाका आफन्तलाई पठाइदिएको पीडित महिलाले उजुरीमा उल्लेख गरेकी छन्।

‘जहिले पनि, जुनसुकै समयमा अश्लील हर्कत गर्न दबाब र धम्की दिई दुःख हैरानी दिन थाले पछि, मैले निजको सो प्रोफाइ ब्लक गरी बसेकी थिएँ’, पीडित पहिलाको उजुरीलाई उदृत गर्दै व्यूरोले भन्यो,‘प्रोफाइ ब्लक पश्चात् नक्कली फेसबुक प्रोफाइलबाट मेरो अश्लील तस्विरहरू मेरो आफन्त तथा साथी भाइहरूले प्रयोग गर्ने फेसबुकको म्यासेन्जरमा पठाई चरित्रहत्या गरे।’

पीडित महिलाको पसलमा सामान किन्न आउने तुलारामलाई आफ्नो नामको सिमकार्डसमेत प्रयोग गर्न दिएको महिलाले बताएकी छन्। तुलारामले ती महिलाले दिएको सिमकार्डमार्फत् विभिन्न सामाजिक सञ्जालका खाताहरु खोलेका थिए।

यसरी तुलारामले सामाजिक सञ्जालर्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ।

जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी तुलाराममाथि अनुसन्धान जारी राखेको व्यूरोले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*