महिला विश्वकप फुटबल : स्पेन पहिलोपटक सेमिफाइनलमा प्रवेश

नमुनापत्र संवाददाता
२६ श्रावण २०८०, शुक्रबार १०:४१

काठमाडौँ । अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा नेदरल्याण्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २-१ गोल अन्तरले विजयी भएको हो ।

निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनकि साल्मा पारेलुले १११औ मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो।

योसँगै स्पेन पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*