क्विन्टल सुन तस्करी प्रकरण : व्यापारी रोहन अडुकिया पक्राउ

नमुनापत्र संवाददाता
२६ श्रावण २०८०, शुक्रबार १५:५६

काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । भारतबाट फर्किन क्रममा उनलाई शुक्रबार दिउँसो विमानस्थलबाट पक्राउ गरिएको हो ।

पक्राउपछि उनलाई राजश्व अनुसन्धान विभागलाई बुझाइएको प्रहरीले जनाएको छ । उनी व्यापारी राजेश अडुकियाका छोरा हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*