सीआइबीले आज ललिता निवास प्रकरणको प्रतिवेदन बुझाउँदै, पूर्वप्रधानमन्त्रीद्वयमाथि छानविन नै भएन

नमुनापत्र संवाददाता
३ भाद्र २०८०, आईतवार ११:३८

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले ललिता निवास जग्गा प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी गरेको छ । सिआइबीले सो प्रकरणमा संलग्न दुई पूर्व प्रधानमन्त्री बाहेकको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथि भने अनुसन्धान नहुने भएको छ । भट्टराई र नेपालको मन्त्रिपरिषद्बाट निर्णय गरेर ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने निर्णय भएकोमा उहाँहरूमाथि थप अनुसन्धान नगर्ने निर्णयमा सिआइबी पुगेको हो ।

सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुला गरिदिएकोमा सत्ता गठबन्धनको दबावमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्नबाट सीआइबी पछि हटेको हो । सीआइबीले उनीहरुलाई बयानका लागि बोलाउने तयारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा बयान रोकिएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*