एक व्यक्तिलाई अपहरण गरेको आरोपमा दाङमा सात जना पक्राउ

नमुनापत्र संवाददाता
४ भाद्र २०८०, सोमबार १८:१५

दाङ । दाङमा एक व्यक्तिलाई अपहरण गरेको आरोपमा सात जना पक्राउ परेका छन । घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुम्मरगाउं निवासी जित बहादुर बिकलाई अपहरण गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आईतवार राती साँढे १० बजे सात जनाको एक समुहले बिकलाई घरबाटै फिल्मी शैलीमा अपहरण गरी अटो रिक्शामा राखी घोराही वडा नम्बर १९ थप्ली डाँडामा लागि निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले बताउनु भयो । साथै कुटपिट गर्ने सात जनालाई सोमबार बिहान ३ बजे पक्राउ गरेको जानकारी दिनुभयो ।

पक्राउ पर्ने घोराही १९ का दिपक सुनार, राज कुमार बिक, हिरा सुनार, जीवन सुनार, लक्ष्मण सुनार, तील बहादुर बिक, मनोज घर्ति रहेका छन ।

पक्राउ परेको समुहले निजी दुस्मनीका कारण कुटपिट गरेको बताएका छन । कुटपिटबाट घाइते भएका बिकको उपचार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भईरहेको छ । साथै घाइतेको अवस्थामा बिस्तारै सुधार आउँदै गरेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*