एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल बिजयी
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल बिजयी भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मतपरिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल बिजयी भएका हुन ।
बिजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन्, भने उपसचिव (पुरुष)मा पूर्ण बुढा मगर ४१८ मत पाउँदै विजयी भएका छन् । उपसचिव (महिला)मा भने लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छन् ।





