तालमा डुबेर बैंकका कर्मचारीको मृत्यु

नमुनापत्र संवाददाता
७ आश्विन २०८०, आईतवार १०:३१

दाङ । चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए।

दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*