विनोद चौधरीको प्रश्न : पुरानै ढर्राले पार्टी चल्दा नयाँ पुस्तालाई कसरी समेट्ने ?

नमुनापत्र संवाददाता
७ आश्विन २०८०, आईतवार १७:४०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीले देश विकासको स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिएका छन् । उनले जारी केन्द्रीय समिति बैठकमा राजनीतिक विषयले मात्रै मुलुक बन्न नसक्ने दाबी गर्दै पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने बताए ।

“यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो रु हाम्रो विकासको खाका कस्तो हुने हो रु त्यसको कुनै आधिकारिक दस्तावेज पार्टीको केन्द्रीय समितिबाट पारित भएको जानकारी मलाई छैन,” उनले भने, “देशभित्र र र देशबाहिर रहेका नेपालीहरुले हामीलाई हेरिरहेका छन् । यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ रु देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ ।”

उनले पार्टीको केन्द्रीय समिति बैठकमा विकास र आर्थिक एजेण्डामा छलफल गर्नुपर्ने माग गरे । “अब अर्को कार्यसमितिको प्रमुख एजेण्डा नै यिनै अर्थतन्त्र हुनुपर्छ । एक दिन दुई दिन आर्थिक मुद्धामा छलफल हुनुपर्छ । विकास निर्माणका कामहरु ठप्प भएका छन् । उद्योगधन्दाहरु ठप्प छन् ।

उद्यमीको मर्म हामीले बुझ्न नसक्ने हो भने नेपाल बाहिर रहेका युवाहरुलाई पार्टीसँग जोड्न नसक्ने हो भने आगामी दिन झनै कठिन हुने देखिन्छ,” उद्योगपतिसमेत रहेका कांग्रेस नेता चौधरीले भने, “म आग्रह गर्न चाहन्छु कि फराकिलो दृष्टिकोणले यो पार्टीलाई पुननिर्माण गर्ने तरिकाले आउने केन्द्रीय समिति बैठकले आर्थिक विकासका मुद्धा, नेपालबाहिर रहेका नेपालीलाई स्वदेश फर्काउने मुद्धालाई, रोजगारको वातावरण सिर्जना गर्ने मुद्धामा छलफल हुनुपर्छ ।”

उनले पार्टीमा संघर्ष गरेका, जेलनेल भोगेका नेताहरुसँगसँगै मुलुकलाई योगदान दिन सक्ने क्षमतावान व्यक्तिहरुलाई पनि अवसर दिनुपर्ने धारणा राखे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*